युएईमा एक नेपालीको मृत्यु

युएई,असोज १९। युएईमा सनिवार एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ।

लामो समय देखि युएईको जावेल अलिमा बस्दै आएका झापाका ३८ बर्सिय घनश्याम प्रधानको मृत्युु भएको हो ।

दिउँसो काम सकेर कोठामा फर्किएका प्रधानले एक्कासि छाती दुख्यो भनेपछि साथीहरूले हस्पिटल लैजान एम्बुलेन्स बोलाएको भए पनि उनी तुरुन्तै बेहोस भएका थिए ।

याे पनि पढ्नुस  युएई बाट कोमामा फर्किए जित बहादुर

एम्बुलेन्सले तत्कालै उनलाइ दुबईस्थित एनएमसी हस्पिटलमा पुर्‍याए पनि १० बजेतिर चिकित्सकहरुले प्रधान लाई मृत घोषित गरेका थिए । मृत्युको मुख्य कारण हृदयाघात नै भएको हस्पिटलले पुष्टि गरेको छ ।

दुबईको बोर्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटी सुपरभाइजरका रुपमा काम गर्दै आएका प्रधान ३ महिना अगाडि मात्र कम्पनीको छुट्टी सकेर नेपाल बाट फर्किएका थिए ।

याे पनि पढ्नुस  नेपाल पत्रकार महासंघ युएई शाखाको आयोजनामा सुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम 

मृतक प्रधानको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

कमेन्ट गर्नुहोस्