‘वार’ सय करोड क्लबमा

काठमाडौंः बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ रिलीज भएको पाँच दिनमै १०० करोड क्लबमा सामेल भएको छ।

‘वार’ २ अक्टुबरमा रिलीज भएको थियो । यो फिल्मले रिलीजको तेस्रो दिनमै १०० करोड कमाई गरेको थियो । बक्स अफिसका अनुसार वारले शनिबार मात्र २७ देखि २८ करोडको कारोबार गरेको छ ।

याे पनि पढ्नुस  पहिलो दिन ‘वार’ को कमाई कति?

यश राज फिल्म्सद्वारा निर्मित ‘वार’ ४ हजार स्क्रीनमा एक साथ रिलीज भएको थियो। ‘वार’ छिटै २ सय करोड क्लबमा प्रवेश गर्ने आंकलन गरिएको छ ।

कमेन्ट गर्नुहोस्