अमेरिकामा फेरी अन्धाधुन्ध फायरिङ, ४ को मृत्यु

न्यूयोर्क, अमेरिकाको कन्सासमा फेरी अन्धाधुन्ध गोलीबारी भएको छ ।

अज्ञात बन्दूकधारीहरुले कन्सासको एउटा बारमा गोली चलाएका हुन ।

घटनामा चार जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।

सेन्ट्रल एभन्यूस्थित टकिला केसी बारमा राती आक्रमण भएको हो ।

प्रहरीका अनुसार, बारभित्र केही व्यक्तिबीच आपसी विदा हुँदा गोलीबारी भएको थियो ।

घटना हुँदा बारमा ४० जना थिए ।

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

गत वर्ष पनि कन्सासमा यस्तै प्रकृतिको आक्रमण भएको थियो ।

कमेन्ट गर्नुहोस्