ब्याटिङ–बलिङमा चम्किँए करन, नेदरल्याण्ड्सविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौंः ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । करन ब्याटिङ–बलिङ केसी चम्किँदा नेपालले ४ विकेटले विजयी भएको छ ।

नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गयो ।

अन्तिम ओभरमा नेपाललाई १७ रन चाहिएको थियो । यो ओभरको पहिलो बलमै करन केसीले छक्का प्रहार गरे ।

दोस्रो बलमा डट, तेस्रो बलमा उनले चौका हिर्काए । करनले चौथो बलमा पुनः छक्का प्रहार गरे । र, अन्तिम बलमा उनले सिंगल रन लिँदै नेपाललाई एक बल अगावै जित दिलाए ।

करनले ३ छक्का र १ चौकाको मद्दतमा १४ बलमा नटआउट ३१ रनको योगदान दिए । यस्तै कप्तान पारस खड्काले ३३, विनोद भण्डारीले २६, दिपेन्द्रसिंह ऐरीले ८, पवन सराफले ९,  साेमपाल कामीले अविजित ३ र आरिफ शेखले २ रन बनाए ।

बलिङमा नेदरल्याण्ड्सका रिलोफले २, ब्रान्डन ग्लोभर, पल भ्यान मेकिरेन र फ्रेड क्लासेनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो ।

उसका लागि म्याक्स उडले ४३, कोलिन एर्कम्यानले २९, एन्टोनियस स्टालले २१, स्कट एडवर्ड्सले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा हङकङविरुद्ध पनि ४ विकेट लिएका करनले आज पनि ४ विकेट लिन सफल भए ।

उनले नेदरल्याण्डविरुद्ध ३.३ ओभरमा ४ विकेट लिएर १७ रन मात्र दिए ।

यस्तै, हङकङविरुद्ध विकेटबिहीन रहेका सन्दीप लामिछानले ४ ओभरमा २० रन दिएर महत्वपूर्ण ४ विकेट लिए । ललित नारायणराजवंशीको नाममा १ विकेट रह्यो ।

कमेन्ट गर्नुहोस्