अर्घाखाँचीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्वरको जिप सन्धिखर्क नगरपालिका–६ रातामाटामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो ।

प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिपमा ८ जना सवार रहेको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । फाइल फाेटाे

कमेन्ट गर्नुहोस्