Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतको महाबलिमपुरममा शी जिनपिङको भव्य स्वागत हुने, यस्तो छ कार्यक्रम

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति शी जिनपिङको भारत भ्रमणको सबै तयारी पुरा भएको छ ।

भारतसँग दोश्रो अनौपचारिक शिखर बैठकका लागि शी जिनपिङ शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।

शी जिनपिङले सबैभन्दा पहिला चेन्नईको महाबलिमपुर अर्थात् ममलापुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । यो शहरको चीनसँग सम्बन्ध २ हजार वर्ष पुरानो रहेको छ ।

प्राप्त जानकारी अनुसार, शी जिनपिङ शुक्रबार १ बजेर ४५ मिनेटमा चेन्नई पुग्ने छन् । चेन्नईमा उनी करि २४ घण्टा रहने छन् ।

शी जिनपिङ र मोदीले ममलापुरमका तीन प्रसिद्ध स्मारकको भ्रमण गर्ने कार्यक्रम छ । करिब एक घण्टाको सांस्कृतिक कार्यक्रमपछि उनीहरुबीच द्विपक्षीय बैठक हुने छ ।
यस्तो छ कार्यक्रम

अर्जुनको तपस्या, पञ्च रथ र शोर मन्दिरको दर्शन तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने

यसपछि मोदी शी जिनपिङका लागि डिनरको आयोजना गर्नेछन् । त्यसपछि शी जिनपिङ होटल फर्किनेछन् ।

अर्कोदिन बंगालको खाडीको किनारामा रहेको पाँच तारे होटलमा दुबै नेताबीच अनौपचारिक बैठक हुने ।

यसपछि त्यही स्थानमा प्रतिनिधिस्तरको औपचारिक कुराकानी हुने ।
त्यसपछि शी जिनपिङ जानु अघि शी जिनपिङ र मोदीले सँगै लन्च गर्ने ।

ममलापुरमको ऐतिहासिक महत्व

शक्तिशाली पल्लव वंशले लामो समयदेखि ममलापुरमलाई बन्दरगाहका रुपमा प्रयोग गरे । यो वंशको चीनसँग पुरानो सम्बन्ध थियो । पल्लव वंशले चीनसँग दूत पठाएर सम्बन्ध स्थापित गरेका थिए ।

पुरातत्वविद् राजाबेलुका अनुसार, तमिलनाडुको पूर्व तटमा पाईका पहिलो र दोश्रो शताब्दीका सेलाडन (माटोको भाँडा) हेर्दा यो क्षेत्रमा चीनको गतिविधि रहेको पुष्टि हुन्छ । यो क्षेत्रमा चीनका सिक्का पनि पाइएका छन् । यसबाट भारत र चीनबीच त्यो बेला व्यापारिक सम्बन्ध रहेको देखिन्छ ।

पल्लव शासनकालको बेला सातौं शताब्दीमा चिनियाँ यात्री ह्वेनसाङ पनि कान्चिपुरम आएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: