Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हडताल गरेको आरोपमा ४८ हजार कर्मचारी बर्खास्त !

हैदराबाद । तेलंगाना स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेसनका ४८ हजार कर्मचारीलाई सरकारले बर्खास्त गरेको छ ।

शुक्रबार राती हडतालमा उत्रिएको भन्दै यति ठूलो संख्यामा कर्मचारीलाई सेवाबाट हटाइएको हो ।

कर्मचारीहरुले कर्पोसनलाई सरकारसँग विलय गर्न माग गरेका थिए ।

मुख्यमन्त्री चन्द्रशेखर रावले हडताललाई अक्षम्य अपराध भन्दै बर्खास्त गर्ने घोषणा गरेका हुन ।

सरकारले हडताल फिर्ता लिन र काममा फर्किनका लागि शनिबार साँझ ६ बजेसम्मको समय तोकेको थियो । तर कर्मचारीले भने सरकारी अपील अस्वीकार गरे । त्यसपछि सरकारले यो कडा कदम उठाएको हो ।

मुख्यमन्त्रीले बर्खास्त गरिएका कर्मचारीसँग कुनै पनि किसिमको वार्ता या सम्झौता गर्न अस्वीकार गरेका छन् । चाडपर्वको बेला कर्मचारी हडतालमा जानु अक्षम्य अपराध भएको भन्दै उनले कर्मचारी बर्खास्तको निर्णयबारे सोच्न नसकिने बताएका हुन । त्यसैपनि कर्पोरेसनले १२०० करोडको घाटा ब्यहोरिरहेको र अहिले ऋण पनि थपिएर ६ हजार करोड पुगेको छ ।
कर्मचारीहरुले भने कर्पोरेसनलाई सरकार मातहत राख्नुपर्ने माग गरिरहेका थिए । हडताल भएका कारण लाखौं यात्री प्रभावित भएका छन् । सरकारले भने १५ दिनमा अवस्था सामान्य हुने बताएको छ । करिब एक करोड मानिसले कर्पोरेसनको बस उपयोग गर्दछन् ।

भारतीय जनता पार्टीले भने अधिकारको लडाई लडदा केसीआर सरकारले बर्खास्त गर्ने निर्णय गरेको भन्दै आलोचना गरेको छ । कर्मचारीसँग वार्ता नै नगरी कार्वाही गर्नु गलत भएको भाजपाको निष्कर्श छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: