राष्ट्रपति भण्डारीद्वारा आमाको हातबाट दशैंको टिका ग्रहण

काठमाडौंः राष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट दशैँको टिका ग्रहण गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा आज उनले टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा आम मिथिलाको हातबाट टिका ग्रहण गरेकी हुन् । उनले हनुमानढोका दसैँघरका मूल पुजारीबाट समेत विजयादशमीको टीका ग्रहण गरिन् ।

राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारीले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका हुन् ।

राष्ट्रपति भण्डारीले मूल पुजारीलाई पनि टिका लगाइदिएकी थिइन् । राष्ट्रपति भण्डारीले आफ्ना परिवारका सदस्यलाई समेत टीका लगाइदिएकी छिन् ।

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्