टी–२० क्रिकेट सिरिजः आयरल्याण्डविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

काठमाडौंः ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेष्ट राष्ट्र आयरल्याण्डको सामना गर्दैछ ।

नेपाल–आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा हङकङलाई र दोस्रो खेलमा नेदल्याण्ड्सलाई समान ४ विकेटले हराएको नेपालले आज आयरल्याण्डसँग खेल्न लागेको हो ।

आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।

टेष्ट वरीयताको १२औंँ र एक दिवसीय वरीयताको ११ औंँ स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरीयतामा भने १५औं स्थानमा छ ।

नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् ।

सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

रोहित र पवनको सम्भावना कम

आयरल्याण्डविरुद्ध नेपालले प्लेइङ ११ मा परिवर्तन गर्न सक्ने छ ।

दुई खेलमा राम्रो प्रदर्शन गर्न नसकेका पवन सर्राफ र रोहित पौडेलले आज प्लेइङ ११ मा मौका पाउने सम्भावना कम छ ।

उनीहरुको स्थानमा इशान पाण्डे र सन्दीप जोराले मस्थान पाउने सम्भावना बलियो छ ।

नेपालको प्लेइङ ११ः

पारस खड्का (कप्तान)
इशान पाण्डे

दीपेन्द्रसिंह ऐरी
मोहम्मद आरिफ शेख
सन्दीप जाेरा

विनोद भण्डारी
सोमपाल कामी
करण केसी

सन्दीप लामिछाने
ललितनारायण राजवंशी
अविनाश बोहरा

कमेन्ट गर्नुहोस्