आयरल्याण्डविरुद्ध नेपाललाई बलिङको मौका, प्लेइङ ११ मा को–कोले पाए मौका? (LIVE)

काठमाडौंः ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत टेष्ट राष्ट्र आयरल्याण्ड विरुद्धको खेलमा नेपालले टस हारेर बलिङको मौका पाएको छ ।

नेपाल–आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा हङकङलाई र दोस्रो खेलमा नेदल्याण्ड्सलाई समान ४ विकेटले हराएको नेपालले आज आयरल्याण्डसँग खेल्न लागेको हो ।

याे पनि पढ्नुस  नेपाललाई निराश बनाउन सक्ने ओमानका ४ खेलाडी

आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।

टेष्ट वरीयताको १२औंँ र एक दिवसीय वरीयताको ११ औंँ स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरीयतामा भने १५औं स्थानमा छ ।

नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् ।

याे पनि पढ्नुस  इतिहास रच्ने अवसरबाट चुक्यो नेपाल, आयरल्याण्डसँग १३ रनले पराजित

सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

आज नेपालले प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरेको छ । नेपालले आज इशान पाण्डे र सन्दीप जोरालाई प्लेइङ ११ मा स्थान दिएको छ । उनीहरु पवन सराफ र रोहित कुमार पौडेलको स्थानमा प्लेइङ ११ मा अटाएका हुन् ।

याे पनि पढ्नुस  श्रीलंकाले रच्यो इतिहास, पाकिस्तान विरुद्धको सिरिज ‘क्लिन स्विप’

नेपालको प्लेइङ ११ः पारस खड्का (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी (विकेटकीपर), आरिफ शेख, अभिनाश बोहरा, सन्दिप जोरा, करण केसी, सन्दीप लामिछाने, इशान पाण्डे, ललित राजवंशी र सोमपाल कामी ।

कमेन्ट गर्नुहोस्