चितवनमा बस दुर्घटना, ३८ जना घाइते

चितवन– चितवनमा भएको बस दुर्घटनामा परी ३८ जना घाइते भएका छन् ।

मंगलबार राति काठमाडौंबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२, आस्था चोकमा साढे १२ बजे दुर्घटना हुँदा ३८ जना घाइते भएका हुन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

याे पनि पढ्नुस  ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौं पठाइयो

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भएर सडक छेउको पीपलको रुखमा ठक्कर खाएपछि दुर्घटना भएको हो ।

घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  ‘बस दुर्घटना हुँदा हिजो खाना खान र सुत्न पनि सकिनँ’

दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५र४६ जना रहेको बताइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्