Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यस्ताे छ अहिलेसम्म ‘वार’ को कमाई

काठमाडौंः ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ ले आक्रामक व्यापार गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बक्स अफिसमा यो चलचित्र २ सय करोडको क्लव नजिक पुगेको छ ।

‘वार’ को हिन्दी भर्सनले सोमवार भारतीय बक्स अफिसमा करिब २०.६० करोड रुपैयाँको व्यापार गरेको ट्रेड एनालिस्ट तरन आदर्शले बताए । उनका अनुसार, यस चलचित्रले सोमवारसम्ममा १८०.३० करोड रुपैयाँ कमाएको छ ।

यसमा चलचित्रको तमिल र तेलुगू भर्सनको कारोबार पनि जोडिएको छ । भारतमा यस चलचित्रले कुल १८७ दशमलव ७५ करोड कमाएको उनले बताएका छन् ।

गान्धी जयन्तीको अवसरका २ अक्टोवरमा रिलीज भएको सो चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: