Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तालिका सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौंः चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियाँ विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखि १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्रालयले समेत प्रेस विज्ञप्ती जारी गर्दै चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणको पुष्टि गरेको छ ।

यसअघि यही मितिमा सी को भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीनबाट त्यसको आधिकारीक जानकारी आएको थिएन् ।

चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

नेपाल र भारत दुवै देशमा एक–एक रात बिताएपछि १३ मा उनि वेइजिङ फर्कने छन् । सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । सरकारले उनको भ्रमणको भव्य तयारी गरेको छ ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

हेर्नुस् चिनियाँ विदेशमन्त्राले सार्वजनिक गरेको विज्ञप्ति

PRESS RELEASE
At the friendly invitation of President of Nepal, Right Honourable Mrs. Bidya Devi Bhandari, the President of the People’s Republic of China His Excellency Mr. Xi Jinping is paying a state visit to Nepal on 12 and 13 October 2019.

During the visit, President H.E. Mr. Xi Jinping will meet with President Rt.Hon. Mrs. Bidya Devi Bhandari. The Right Honourable President of Nepal will host a Banquet in honour of President H.E. Xi Jinping and the Chinese delegation.

President H.E. Mr. Xi Jinping will hold delegation level official talks with Right Honourable Prime Minister Mr. K P Sharma Oli. Following the talks, both leaders will witness the signing of bilateral agreements and memoranda of understanding.

Senior leaders of Nepal will call on President H.E. Xi Jinping during his sojourn in Kathmandu.

Ministry of Foreign Affairs
Singhadurbar
Kathmandu, Nepal

कमेन्ट गर्नुहोस्

%d bloggers like this: