Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भौतिक शास्त्रको नोबेल पुरस्कार ३ जनालाई

स्टकहोम, यस वर्षको भौतिक शास्त्रमा तीन जना वैज्ञानिकले नोबेल पुरस्कार पाएका छन् ।

नोबेल पुरस्कार एकेडेमीले स्वीट्जरल्याण्डका मिशेल मेयर, दिदियर क्वेलोज र क्यानाडाका अमेरिकी भौतिकशास्त्री जेम्स पिबल्सलाई यसवर्षको भौतिकी क्षेत्रको नोबेल प्रदान गर्ने घोषणा गरेको हो ।

जेम्ब पिबल्सलाई खगोल शास्त्रमा खोजका लागि र मिशेल मेयर तथा दिदिएर क्वेलोजलाई सौर्य मण्डलबाहिर एउटा ग्रहको खोजी गरेकोमा पुरस्कार पाइने छ । नयाँ खोजिएको ग्रह सूर्य जस्तै कुनै ताराको चक्कर लगाइरहेको छ ।

स्वीडेनको राजधानी स्टकहोममा नोबेल पुरस्कारको घोषणा गत सोमबारबाट शुरु भएको हो ।

यसअघि चिकित्सा क्षेत्रको पुरस्कार विलियम जी केलियन जुनियर र ग्रेग उल सेमेन्जा तथा सर पिटर जे रेटक्लिफलाई दिइने घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: