टी–२० सिरिजः नेपालको दोस्रो विकेट पतन, इशान २२ रनमा आउट

काठमाडौंः ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिजमा टेष्ट राष्ट्र आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा ओपनर इशान पाण्डेलाई गुमाएको हो । उनी ९ ओभरको अन्तिम बलमा क्याच आउट भए ।

जारी सिरिजमा इशानको यो पहिलो खेल हो । आयरल्याण्डविरुद्ध उनले ३ चौकाको मद्दतमा ३० बलमा २२ रनको योगदान दिए ।

यसअघि नेपालले पहिलो विकेटकारुपमा कप्तान पारस खड्कालाई ४.१ ओभरमा २५ रनमा गुमाउन पुग्यो ।

पारसले २ छक्का र २ चौकाको मद्दतमा १४ बलमा २५ रन बनाए । उनलाई आयरल्याण्डका मार्क आदिरले क्याच आउट गराएका हुन् । यो समाचार तयार पार्दासम्म नेपालले १० ओभरमा २ विकेट गुमाएर ७३ रन बनाएको छ । अब नेपाललाई जितका लागि ७३ रनकै आवश्यकता छ ।

याे पनि पढ्नुस  सस्तैमा गुमायो नेपालले पहिलो विकेट, आज पनि चलेन इशानको ब्याट

यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो ।

उसका लागि पउल स्टर्लिङले ५९, एन्डी बलबर्नीले ३८, स्टुअर्ट थोम्पसनले नटआउट २१ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

याे पनि पढ्नुस  टी–२० क्रिकेट सिरिजः आयरल्याण्डविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

बलिङमा सन्दीप लामिछाने, अभिनाश बोहराले २–२, यस्तै करण केसी र ललित नारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।

आफ्नो पहिलो खेलमा हङकङलाई र दोस्रो खेलमा नेदल्याण्ड्सलाई समान ४ विकेटले हराएको नेपालले आज आयरल्याण्डसँग खेलिरहेको हो ।

आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।

टेष्ट वरीयताको १२औंँ र एक दिवसीय वरीयताको ११ औंँ स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरीयतामा भने १५औं स्थानमा छ ।

नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् ।

सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

याे पनि पढ्नुस  सस्तैमा गुमायो नेपालले पहिलो विकेट, आज पनि चलेन इशानको ब्याट

आज नेपालले प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरेको छ । नेपालले आज इशान पाण्डे र सन्दीप जोरालाई प्लेइङ ११ मा स्थान दिएको छ । उनीहरु पवन सराफ र रोहित कुमार पौडेलको स्थानमा प्लेइङ ११ मा अटाएका हुन् ।

नेपालको प्लेइङ ११ः पारस खड्का (कप्तान), दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनाश बोहरा, सन्दिप जोरा, करण केसी, सन्दीप लामिछाने, इशान पाण्डे, ललित राजवंशी र सोमपाल कामी ।

कमेन्ट गर्नुहोस्