Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० सिरिजः आयरल्याण्डविरुद्ध नेपालको १०० रन पूरा (LIVE)

काठमाडौंः ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिजमा टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध नेपालले १०० रन पूरा गरेको छ ।

१४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

नेपालका ओपनर पारस खड्का २५, इशान पाण्डे २२ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भइसकेका छन् ।

अहिले क्रिजमा आरिफ शेख र विनोद भण्डारी रहेका छन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो ।

उसका लागि पउल स्टर्लिङले ५९, एन्डी बलबर्नीले ३८, स्टुअर्ट थोम्पसनले नटआउट २१ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा सन्दीप लामिछाने, अभिनाश बोहराले २–२, यस्तै करण केसी र ललित नारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।

आफ्नो पहिलो खेलमा हङकङलाई र दोस्रो खेलमा नेदल्याण्ड्सलाई समान ४ विकेटले हराएको नेपालले आज आयरल्याण्डसँग खेलिरहेको हो ।

आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।

टेष्ट वरीयताको १२औंँ र एक दिवसीय वरीयताको ११ औंँ स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरीयतामा भने १५औं स्थानमा छ ।

नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् ।

सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

आज नेपालले प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरेको छ । नेपालले आज इशान पाण्डे र सन्दीप जोरालाई प्लेइङ ११ मा स्थान दिएको छ । उनीहरु पवन सराफ र रोहित कुमार पौडेलको स्थानमा प्लेइङ ११ मा अटाएका हुन् ।

नेपालको प्लेइङ ११ः पारस खड्का (कप्तान), दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनाश बोहरा, सन्दिप जोरा, करण केसी, सन्दीप लामिछाने, इशान पाण्डे, ललित राजवंशी र सोमपाल कामी ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: