काठमाडौंः ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध नेपाल १३ रनले पराजित भएको छ ।
आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्याे ।
नेपालका लागि आरिफ शेखले २६, कप्तान पारस खड्काले २५, इशान पाण्डेले २२, दीपेन्द्रसिंह ऐरीले १९, करण केसीले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा आयारल्याण्डका जर्ज डर्करेल, मार्क आदिरले ३–३ र ग्यारेथ डेलानीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो ।
उसका लागि पउल स्टर्लिङले ५९, एन्डी बलबर्नीले ३८, स्टुअर्ट थोम्पसनले नटआउट २१ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा सन्दीप लामिछाने, अभिनाश बोहराले २–२, यस्तै करण केसी र ललित नारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।
नेपाललाई हराउँदै आयरल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ४ खेलबाट ६ अंक जोडेको छ ।
नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।