Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध खवर अलिले लिए ‘ह्याट्रिक विकेट’

काठमाडौंः पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध ओमानका स्पिनर खवर अलिले ‘ह्याट्रिक विकेट’ लिएका छन् । अलिले ९.१, ९.२ र ९.३ ओभरमा आफ्नो ‘ह्याट्रिक विकेट’ पूरा गरे ।

उनले नेदरल्याण्ड्सका कोलिन एकरम्यान, एन्टोनियस स्टाल र रिलोफ भान डरलाई आउट गरेका हुन् । अलि ओमानबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘ह्याट्रिक विकेट’ लिने पहिलो क्रिकेटर हुन् ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निकै खराब ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म उसले ११ ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाएको छ । यसअघि आजै भएको पहिलो खेलमा नेपालविरुद्ध आयरल्याण्ड १३ रनले विजयी भएको थियो ।

आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: