Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० क्रिकेटः ओमानविरुद्ध ९४ रनमै समेटियो नेदरल्याण्ड्स

काठमाडौंः पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले घरेलु टिम ओमानलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले १५.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

उसका लागि म्याक्स ओवाडले २४, एन्टोनियस स्टालले १९, कोलिन एकरम्यानले १५, स्कट एडवर्ड्सले १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा ओमानका खवर अलिले ‘ह्याट्रिक विकेट’सहित ४ विकेट हात पारे । उनले ३.३ ओभरमा ४ विकेट लिएर १६ रन दिए । अलिले ९.१, ९.२ र ९.३ ओभरमा आफ्नो ‘ह्याट्रिक विकेट’ पूरा गरे ।

‘ह्याट्रिक विकेट’ उनले नेदरल्याण्ड्सका कोलिन एकरम्यान, एन्टोनियस स्टाल र रिलोफ भान डरलाई आउट गरेका हुन् । अलि ओमानबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘ह्याट्रिक विकेट’ लिने पहिलो क्रिकेटर हुन् ।

यस्तै ओमानका कप्तान जीशान मकसूदले ३ ओभरमा ७ रन दिएर ४ विकेट लिए । अमिर कलील र मोहम्मद नदीमको नाममा एकएक विकेट रह्यो ।

यसअघि आजै भएको पहिलो खेलमा नेपालविरुद्ध आयरल्याण्ड १३ रनले विजयी भएको थियो ।

आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: