Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० सिरिजः पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै श्रीलंका

काठमाडौंः पाकिस्तान विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको छ ।

पाकिस्तान–श्रीलंकाबीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि लाहोरमा सुरु हुँदैछ ।

तीन खेलको सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा रहेको श्रीलंकाले आज पनि अघिल्लो खेलकै लय कायम राख्न चाहन्छ ।

उसले सिरिजका दुवै खेलमा शानदार जित हासिल गरेको थियो । यता पाकिस्तान भने घरेलु मैदानमा सिरिजको अन्तिम खेल जितेर सुखत अन्त्यको खोजीमा छ ।

पाकिस्तानसँगको वानडे सिरिज २–० ले हारेको श्रीलंकाले टी–२० सिरिज भने आफ्नोे पक्षमा पारिसकेको छ । टी–२० सिरिजमा पाकिस्तानलाई उसकै मैदानमा हराउने श्रीलंका पहिलो टिम हो ।

पाकिस्तानले आज प्लेइङ ११ मा तीन खेलाली परिवर्तन गरेको छ । उसले उमर अकमल, अहमद सहजाद र मोहम्मद हसनिनलाई विश्राम दिँदै हरिस सोहेल, इफ्तिकर अहमद र उश्मान शिनवारीलाई मौका दिएको छ । यता श्रीलंकाले ५ खेलाडी परिवर्तन गरेको छ । हेर्नुस् दुवै टिमको प्लेइङ ११

Pakistan XI: 1 Fakhar Zaman, 2 Babar Azam, 3 Haris Sohail, 4 Iftikhar Ahmed, 5 Sarfraz Ahmed (capt, wk), 6 Asif Ali, 7 Imad Wasim, 8 Shadab Khan, 9 Wahab Riaz, 10 Mohammad Amir, 11 Usman Shinwari

Sri Lanka XI: 1 Danushka Gunathilaka, 2 Sadeera Samarawickrama (wk), 3 Bhanuka Rajapaksa, 4 Angelo Perera, 5 Oshada Fernando, 6 Dasun Shanaka (capt), 7 Wanindu Hasaranga, 8 Lahiru Madushanka, 9 Lakshan Sandakan, 10 Kasun Rajitha, 11 Lahiru Kumara

कमेन्ट गर्नुहोस्

%d bloggers like this: