बलिउड अभिनेता धर्मेन्द्रलाई डेंगु संक्रमण

बलिउड अभिनेता धर्मेन्द्रलाई डेंगु संक्रमण भएको छ। डेंगु देखिपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन दिनको अस्पताल बसाईपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फिर्ता भएका छन्। जेठा छोरा सनी देओलले उनलाई घर लिएर गएका हुन्। धर्मेन्द्र यतिबेला घरमा आराम गरिरहेका छन्। सनी देओल पनि उनको साथमै रहेको बताइएको छ।

अघिल्लो महिना उनका नाति करण देओलको चलचित्र ‘पल पल दिल के पास’ प्रदर्शन भएको थियो। उक्त चलचित्रको प्रमोशनका लागि उनी विभिन्न मञ्चहरुमा समेत पुगेका थिए।

प्रमोशनका लागि कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’मा समेत पुगेका थिए।

धर्मेन्द्र पछिल्लो पटक सन् २०१८ मा प्रदर्शनमा आएको चलचित्र ‘यमला पगला दिवाना फिर से’मा देखिएका थिए। एजेन्सी

कमेन्ट गर्नुहोस्