चिनियाँ राष्ट्रपतिको भ्रमणबारे प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।

छलफलका लागि बिहीबार बिहान ९ बजे पूर्वप्रधानमन्त्रीहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलनअनुसार नै प्रधानमन्त्रीले छलफल गर्न लागेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

छलफलका लागि पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दलगायतलाई बोलाइएको छ।

कमेन्ट गर्नुहोस्