Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० सिरिजः अन्तिम खेलमा श्रीलंकाले दियो पाकिस्तानलाई १४८ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा पाहुना टोली श्रीलंकाले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो । उसका लागि ओशादा फर्नान्डोले उत्कृष्ट ब्याटिङ गरे । उनले ८ चौका र ३ छक्काको मद्दतमा ४७ बलमा नटआउट ७८ रन बनाए ।

फर्नान्डोको यो डब्यू म्याच हो । यस्तै सदेरा समाचारविक्रमले १२, एन्जेलो परेराले १३, कप्तान दसुन सनाकाले १२ रनकाे याेगदान दिए ।

ओशादा फर्नान्डो ब्याटिङ गर्दै

बलिङमा पाकिस्तानका मोहम्मद आमिरले ३, इमाद वासिम, वाहब रियाजले एक–एक विकेट लिए ।

तीन खेलको सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा रहेको श्रीलंकाले आज पनि अघिल्लो खेलकै लय कायम राख्न चाहन्छ ।

उसले सिरिजका दुवै खेलमा शानदार जित हासिल गरेको थियो । यता पाकिस्तान भने घरेलु मैदानमा सिरिजको अन्तिम खेल जितेर सुखत अन्त्यको खोजीमा छ ।

पाकिस्तानसँगको वानडे सिरिज २–० ले हारेको श्रीलंकाले टी–२० सिरिज भने आफ्नोे पक्षमा पारिसकेको छ । टी–२० सिरिजमा पाकिस्तानलाई उसकै मैदानमा हराउने श्रीलंका पहिलो टिम हो ।

पाकिस्तानले आज प्लेइङ ११ मा तीन खेलाली परिवर्तन गरेको छ । उसले उमर अकमल, अहमद सहजाद र मोहम्मद हसनिनलाई विश्राम दिँदै हरिस सोहेल, इफ्तिकर अहमद र उश्मान शिनवारीलाई मौका दिएको छ । यता श्रीलंकाले ५ खेलाडी परिवर्तन गरेको छ । हेर्नुस् दुवै टिमको प्लेइङ ११

Pakistan XI: 1 Fakhar Zaman, 2 Babar Azam, 3 Haris Sohail, 4 Iftikhar Ahmed, 5 Sarfraz Ahmed (capt, wk), 6 Asif Ali, 7 Imad Wasim, 8 Shadab Khan, 9 Wahab Riaz, 10 Mohammad Amir, 11 Usman Shinwari

Sri Lanka XI: 1 Danushka Gunathilaka, 2 Sadeera Samarawickrama (wk), 3 Bhanuka Rajapaksa, 4 Angelo Perera, 5 Oshada Fernando, 6 Dasun Shanaka (capt), 7 Wanindu Hasaranga, 8 Lahiru Madushanka, 9 Lakshan Sandakan, 10 Kasun Rajitha, 11 Lahiru Kumara

कमेन्ट गर्नुहोस्

%d bloggers like this: