Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बराबरीमा रोकियो अर्जेन्टिना र जर्मनीको खेल

काठमाडौंः अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जर्मनी र अर्जेन्टिना बराबरीमा रोकिएका छन् ।

बुधबार राति जर्मनीको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले २–० गोल अन्तरको अवस्था उल्ट्याउँदा बराबरीमा रोकिएको हो । जर्मनीको पहिलो हाफको २–० को अग्रतालाई अर्जेन्टिनाले दोस्रो हाफमा उल्टाएर २–२ को बराबरीमा रोक्न सफल भयो ।

खेल सुरु भएको १५ औँ मिनेटमै जर्मनीले अग्रता लिएको थियो । सेर्गे ज्नाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि नै जर्मनीले अग्रता दोब्बर बनायो । उक्त गोल काई हार्भट्जले गरेका थिए ।

पहिलो हाफको २ गोल गरेको जर्मनीले दोस्रो हाफमा कुनै गोल गर्न सकेन । यता अर्जेन्टिनाले दोस्रो हाफमा अर्जेन्टिनाले घरेलु टोलीविरुद्ध शानदार कमब्याक समेत गर्न सफल भयो ।

खेलको ६६औं मिनेटमा लुका अलारियोले शानदार हेडिङ गोल गरेर गोलअन्तर २–१ मा झारे । त्यसपछि ८५औं मिनेटसमा लुका ओकाम्पोसले गोल गरेपछि अर्जेन्टिनाको कमब्याक सफल भयो ।त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल २–२ मा टुंगियो ।

सन् २०१४ ब्राजिलमा भएको फिफा विश्वकप फुटबलमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा १–० ले हराएर उपाधि जितेको थियो । त्यसपछि सोही वर्ष भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: