काठमाडौंः पाकिस्तान विरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज श्रीलंकाले ‘क्लिन स्विप’ गरेको ।
अन्तिम तथा तेस्रो खेलमा १३ रनले विजयी भएसँगै श्रीलंकाले सिरिज ‘क्लिन स्विप’ गरेको हो ।
टी–२० वरियताको आठौं स्थानमा रहेको श्रीलंकाले शीर्ष स्थानमा रहेको पाकिस्तानलाई हराएर ऐतिहासिक जीत दर्ता गर्यो ।
सिरिजको अन्तिम खेलमा श्रीलंकाले दिएको १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।
उसका लागि हरिस सोहेलले ५२, बाबर आजमले २७, सरफराज अहमद, इफ्तिखर अहमदले १७–१७ र वाहब रियाजले १२ रन बनाए ।
बलिङमा श्रीलंकाका वानिन्दु हसरंगाले ३, लाहिरु कुमाराले २ र कसुथ रजिताले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो । उसका लागि ओशाडा फर्नान्डोले उत्कृष्ट ब्याटिङ गरे । उनले ८ चौका र ३ छक्काको मद्दतमा ४७ बलमा नटआउट ७८ रन बनाए ।
फर्नान्डोको यो डब्यू म्याच थियो । यस्तै सदेरा समाचारविक्रमले १२, एन्जेलो परेराले १३, कप्तान दसुन सनाकाले १२ रनको योगदान दिए ।
बलिङमा पाकिस्तानका मोहम्मद आमिरले ३, इमाद वासिम, वाहब रियाजले एक–एक विकेट लिए ।
पाकिस्तानसँगको वानडे सिरिज २–० ले हारेको श्रीलंकाले टी–२० सिरिज भने आफ्नो पक्षमा पार्यो । टी–२० सिरिजमा पाकिस्तानलाई उसकै मैदानमा हराउने श्रीलंका पहिलो टिम हो ।