Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वडाध्यक्षद्वारा श्रीमती र अधिकृतबिरुद्ध प्रहरीमा उजुरी

बेलौरी– कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निजामती सेवाका शाखा अधिकृत भोज ऐडी तथा एक महिलाविरुद्ध परेको विवाहेत्तर सम्बन्धको उजुरीमा दुबै जना पक्राउ परेका छन्।

महिलाका पति तथा बेलौरी नगरपालिका–४ का वडा अध्यक्षले दिएको उजुरीका आधारमा दुबै पक्राउ परेका हुन्।

कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निजामती सेवाका शाखा अधिकृत भोज ऐडीविरुद्ध परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी परेको थियो।

मालपोत कार्यालय बेलौरीमा कार्यरत ऐडी तथा आफ्नी पत्नीबीच अबैध सम्बन्ध भएको थाहा पाएपछि दुबैलाई आबश्यक कार्वाहीका लागि बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले निवेदन दिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । सोहि निवेदनकै आधारमा उनीहरु बिरुद्ध कार्वाही अघि बढाइएको चन्दले बताए।

शाखा अधिकृत भोज ऐडीको घरमा श्रीमती र एक छोरी तथा महिलाका दुई छोरा रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: