Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिहारका बाढीपीडितलाई अमिताभले दिए ५१ लाख

बलिउड अभिनेता अमिताभ बच्‍चनले बिहारका बाढी पीडितका लागि सहयोग गरेका छन्। उनले राहत स्वरुप बाढी पीडितका लागि ५१ लाख सहयोग गरेका हुन्।

बिहारमा केही समय पहिले बाढीले वितन्डा मच्चाएको थियो। सरकारले पीडितहरूलाई राहत प्रदान गरिरहेको छ।

उता अमिताभले पनि बाढी पीडितको सहयोगका लागि मुख्यमन्त्री आपत कोषमा ५१ लाख जम्मा गरिदिएका छन्।

यसका साथै अमिताभले बिहारका मुख्यमन्‍त्री नीतीश कुमारलाई अक्टुबर ४ मा एक पत्र पनि लेखेका छन्।

पत्रमा उनले उक्त विपदप्रति दुस्ख व्यक्त गरेका छन्। उनले पीडितप्रति सहानुभूतिसमेत प्रकट गरेका छन्। उनले पीडितका लागि आफूले सक्दो थोरै सहयोग गरेको पत्रमा उल्लेख गरेका छन्।

बाढीले बिहारको जनजीवन प्रभावित पारेको थियो भने १ सय ६० जनाले ज्यान गुमाएका थिए। एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: