Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर च्यात्‍ने ३ जना पक्राउ

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा सीको स्वागतका लागि टाँगिएका ब्यानर च्यातेपछि पछिल्लो २४ घन्टामा २ जना पक्राउ परेका हुन् । उनीहरूको ठेगाना र परिचय दिइएको छैन ।

प्रहरीले यसअघि पनि काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट सीको स्वागतका लागि भइरहेको तयारीलाई विथोल्न खोज्ने पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछ गरेको छाडेको थियो ।

नेपाल प्रहरीको बौद्ध वृत्तका डीएसपी रमेशकुमार सिंहले तिब्बती शरणार्थीहरुका गतिविधिमाथि कडा निगरानी राखिएको बताए।

विभिन्न मिति र स्थानबाट पक्राउ परेका तिब्बतीहरुले उस्तै नारा र लोगो भएका टिसर्ट, झोला र ज्याकेटको प्रयोग गरेका प्रहरीले जनाएको छ ।

सीको भ्रमणको समय नजिक हुँदै गर्दा तिब्बती शरणार्थीहरुमाथि पनि नेपाल प्रहरीले थप निगरानी बढाएको छ । सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: