महराको स्वास्थ्यमा थप समस्या देखियो

काठमाडौं, पूर्व सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा जटिलता देखिएको छ ।

संसद सचिवालयकी एकजना कर्मचारीद्वारा यौन दुव्र्यवहारको प्रयास गर्न खोजेको अरोप लागेका महराको छातीमा थप समस्या देखिएको हो ।

“पहिला पनि समस्या नै हो ।” महराका छोरा राहुल महराले एभरेष्टदैनिक डटकमसँग भने, “हिजो रातिदेखि छाती दुख्न थालेको छ।”

यसअघि अनुसन्धानका लागि प्रहरील नियन्त्रण लिएपछिको प्रारम्भिक स्वास्थ्य परीक्षणमा महराको शरीरमा अक्सिजनको कमी भएको बताइएको थियो । अक्सिजनको कमीका कारण छाती दुख्ने समस्या बढेको देखिन्छ ।

महरा अहिले सिंहदरबार प्रहरी वृत्तमा रहेका छन् । त्यसैपनि छातीको समस्या रहेको र पछिल्ला दिनहरुमा थप तनाव भएको कारण समस्या बल्झिएको बताइएको छ । प्रहरीले आरोपबारे अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्