Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० सिरिजः ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

काठमाडौंः पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपालले आयोजक ओमानसँग खेल्दै छ ।

नेपाल–ओमानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः३५ बजेदेखि अल अम्रेट क्रिकेट मैदानमा सुरु हुँदैछ ।

यो पनिः नेपाललाई निराश बनाउन सक्ने ओमानका ४ खेलाडी

नेपालले सुरुवाती २ खेलमा जित हासिल गरे पनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग १३ रनले हार बेहोरेको थियो ।

लिग चरणको सुरुवाती दुई खेलमा भने नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।

सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व नेपाल अप्रत्यासीत जित निकाल्न चाहन्छ । यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्ने लक्ष्यमा छ ।

जारी सिरिजमा ओमानले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराइसकेको छ । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

नेपालको प्लेइङ ११ मा कुशललाई मौका !

जारी सिरिजमा नेपालले तीन खेल खेल्दा युवा अलराउन्डर कुशल मल्ल बेन्चमा बसेका छन् ।

लामो ‘सट’ प्रहार गर्नसक्ने मल्ललाई आज नेपालले प्लेइङ ११ मा राख्ने सम्भावना छ ।

अघिल्लो खेलमा आयरल्याण्डविरुद्ध सन्दीप जोरा सस्तैमा आउट हुँदा प्लेइङ ११ मा कुशलको सम्भावना बढेको हो ।

सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा खराब प्रदर्शन गरेका उनलाई कप्तान पारस खड्काले फेरि एकपटक परीक्षण गर्न चाहन्छन् ।

नेपालको सम्भावित प्लेइङ ११

पारस खड्का (कप्तान)
इशान पाण्डे

दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
विनोद भण्डारी (विकेटकीपर)

आरिफ शेख
करण केसी

कुशल मल्ल
सोमपाल कामी

सन्दीप लामिछाने
अभिनाश बोहरा
ललित राजवंशी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: