Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टेष्ट क्रिकेटः दुवै इनिङ्समा शतक बनाएका रोहित आज सस्तैमा आउट

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्ट सिरिजको पहिलो इनिङ्समा भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ ।

भारतले पहिलो विकेटकारुपमा ओपनर रोहित शर्मालाई १४ रनमा गुमाएको हो ।

अघिल्लो खेलकाे दुवै इनिङ्समा शतक बनाएका रोहितले आज भने १ चौकाको मद्दतमा ३५ बलमा १४ रन मात्र बनाए।

उनलाई ९.६ ओभरमा कागिसो रबाडाले विकेटकीपर क्विन्टन डीकको हातबाट क्याच आउट गराए ।

पुणेमा भइरहेको दोस्रो टेष्टको पहिलो इनिङ्समा यो समाचार तयार पार्दासम्म भारतले ११ ओभरमा १ विकेट गुमाएर ३३ रन बनाएको छ ।

तीन टेष्ट खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: