Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महराको नक्कली ट्विटबाट भ्रामक सूचना सार्वजनिक भएपछि…

काठमाडौं, कृष्णबहादुर महरा नामको ट्विटर आईडीबाट सामग्री पोष्ट भएपछि बुधबार कैयन् व्यक्ति अचम्ममा परे ।

महराको ट्विटरबारे यसअघि जानकारी पाएका र उनलाई चिन्नेहरुले यो नक्कली ट्विटर अकाउण्ट भएको अनुमान सहजै लगाए । तर कतिपयका लागि यसले ठूलो भ्रम दियो । केही अनलाईनहरुले महराको सोही ट्विटका आधारमा समाचार समेत बनाए ।

तर महराका छोरा राहुल महराले भने उक्त ट्विट महरालाई थप पीडा र बदनाम गर्ने षडयन्त्रकै कडी भएको प्रतिक्रिया दिए । “बुवाको नामबाट नक्कली ट्विट बनाएर भ्रामक सूचना पोष्ट गरिरहेका छन् ।”

उनले भने, “यसप्रकारका सूचनामा विश्वास नगर्न अनुरोध गर्दछु ।”

नेता तथा कलाकारका नक्कली ट्विट बनाएर तथानाम सामग्री गरेका घटना यसअघि पनि देखा परेका हुन ।

महराको नक्कली ट्विटमा पैसा र पावरले घटना दबाउन नसकेको र अध्यक्षहरुले नै फसाउन खोजेको आसयको कुरा लेखिएको थियो ।

उक्त ट्विट अकाउण्ट कसले बनाएको हो भन्ने कुरा अझै पत्ता लाग्न सकेको छैन ।

नेपाल प्रहरीले भने विद्युतीय माध्यमको दुरुपयोग गर्ने व्यक्तिविरुद्ध अनुसन्धान शुरु भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: