Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शी भ्रमणको बेला हुने भएन सुपुर्दगी सन्धीमा हस्ताक्षर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका बेला नेपाल र चीनबीच सुपुर्दगी सन्धीमा हस्ताक्षर नहुने कुरा स्पष्ट गरिएको छ ।

आज प्रधानमन्त्रीले आयोजना गरेको पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला छलफल हुने विषयबारे जानकारी गराईको हो ।

छलफलमा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको जानकारी गराइएको थियो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अरुदेशसँग पनि सुपुर्दगी सन्धीबारे छलफल चलिरहेको बताउँदै अहिलेको भ्रमणमा भने सन्धीमा हस्ताक्षर नहुने स्पष्ट पारेका हुन ।

शीको भ्रमणका बेला सुपुर्दगी सन्धीमा हस्ताक्षर हुने चर्चा चलेपछि अमेरिका सशंकित बनेको समाचार यसअघि नै सार्वजनिक भएको थियो ।

‘चीनले सीको यो भ्रमणका क्रममा सुर्पुदगी सन्धिमा हस्ताक्षर गर्न निकै जोड दिएको थियो ।

सन् २००९ मा तत्कालीन प्रधानमन्त्री प्रचण्ड चीन जाँदा सुर्पुदगी सन्धि गर्ने प्रस्ताव राखेको थियो भने तीन वर्षअघि सन्धिको मस्यौदा नेपाललाई दिएको थियो ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओली चीन जाँदा सन्धि अगाडि बढाउने समझदारी भएको थियो । अधिकारीहरुकाअनुसार सन्धिको मस्यौदालाई अन्तिम रुप दिन हालै मात्र दुई देशका अधिकारीहरुबीच छलफल पनि भएको थियो ।

तर चिनियाँ राष्ट्रपति सीको आसन्न भ्रमणका क्रममा सन्धिमा हस्ताक्षर नहुने भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: