Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिआरआईबारे बाबुरामले राखे यस्तो प्रस्ताव, लिपुलेकलाई एजेण्डामा सामेल गर्न सुझाव

 

काठमाडौं, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका अवसरमा बिभिन्न ६ वटा विषय एजेण्डाका रुपमा उठाउन सुझाव दिएका छन् ।

भट्टराईले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ र अमेरिकी इण्डो प्यासिफक रणनीति दुबैबाट लाभ लिने रणनीति नेपालले लिनुपर्ने सुझाव दिएका छन् ।

साथै उनले ऋण र अनुदानको सन्तुलन मिलाउनुपर्ने बताउँदै रेलमार्ग निर्माणको सम्झौता गर्दा ऋणमा नफस्न समेत सुझाव दिएका छन् ।

 

सीको नेपाल भ्रमणका क्रममा कर्णाली, गण्डकी र कोशी करिडोरलाई प्राथमिकता दिने, ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार र पर्यटनमा जोड दिने, चीनसँग मात्र तत्काल सुपुर्दगी सन्धी नगर्न सुझाव दिएका छन् । भट्टराईले सीको नेपाल भ्रमणका क्रममा लिपुलेकको त्रिदेशीय ब्यापार मार्गमा भारत र चीनले मात्र सम्झौता गरेकोमा त्यसलाई सच्याएर नेपाल पनि जोडिनुपर्ने, सन् १९६० को नेपाल-चीन मैत्री सन्धी अद्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुबै पक्षको हितमा संशोधन गर्न सुझाव दिएका छन् ।

ट्टिवरमा बाबुरामले लेखेको जस्ताको तस्तैः

 

महामहिम चीनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागे अनुसार यस्तो सुझाव दिइयो:

१.मुख्यत:चीन,भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाईअवसरको रूपमा लिने; तीनवटैसंग समानान्तर सम्बन्ध राख्ने;गतिशील शान्तिवाद/तटस्थताको नीति लिने; BRI र IPS दुवैबाट लाभ लिने; भारत-चीन वीच आर्थिक सेतुको रूपमा विकास गर्ने;

२.चीनसंग रेल, सडक आदि connectivityविस्तारमा जोड दिने; रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने; सडकमा बढी जोड दिने, कर्णाली-गण्डकी-कोशी कोरिडोरलाई प्रथमिकता दिने;

३.ऋण/अनुदान भन्दा औद्योगिक लगानी,व्यापार,पर्यटनमा ज़ेड दिने;

४.सुपुर्दगी..सन्धी चीनसंग मात्र तत्काल नगर्ने;

५.लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत-चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने;

६.सन्१९६०को नेपाल-चीन मैत्री-सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने!

कमेन्ट गर्नुहोस्

%d bloggers like this: