टी–२० सिरिजः हङकङविरुद्ध नेदररल्याण्ड्सको शानदार जित

काठमाडौंः ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत हङकङ विरुद्धको खेलमा नेदररल्याण्ड्स ३७ रनले विजयी भएको छ ।

नेदरल्याण्ड्सले दिएको १८६ रनको लक्ष्य लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्याे ।

उसका हारुन अर्सदले सर्बाधिक ६८ रन बनाए । बलिङमा नेदररल्याण्ड्सका ब्रान्डन ग्लोभरले सर्बाधिक ४ विकेट लिए । उनले ३ ओभरमा २६ रन दिएर ४ विकेट लिएका हुन् ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएका नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनायो ।

उसका लागि टोबियस भिसेले ६८, रिलोफ भान डरले नटआउट ५० र स्कट एडवर्ड्सले ४२ रनको योगदान दिए ।

याे पनि पढ्नुस  टी–२० सिरिजः हङकङविरुद्ध नेदरल्याण्ड्सकाे उत्कृष्ट ब्याटिङ (LIVE)

बलिङमा हङकङका राग कपुर र किशित शाहले एक–एक विकेट लए । यो हारसँगै हङकङ अंकबिहीन हुँदै सिरिजबाट बाहिरिएको छ । यता नेदरल्याण्ड्सले एक खेलमा जीत निकाल्दै २ अंक जोडेको छ ।

आजै हुने दोस्रो खेलमा नेपालले आयोजक ओमानसँग खेल्दै छ । नेपाल–ओमानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि अल अम्रेट क्रिकेट मैदानमा सुरु हुँदैछ ।

नेपालले सुरुवाती २ खेलमा जित हासिल गरे पनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग १३ रनले हार बेहोरेको थियो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः हङकङविरुद्ध नेदरल्याण्ड्सकाे उत्कृष्ट ब्याटिङ (LIVE)

लिग चरणको सुरुवाती दुई खेलमा भने नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।

सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व नेपाल अप्रत्यासीत जित निकाल्न चाहन्छ । यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्ने लक्ष्यमा छ ।

जारी सिरिजमा ओमानले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराइसकेको छ । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

नेपालको प्लेइङ ११ मा कुशललाई मौका!

जारी सिरिजमा नेपालले तीन खेल खेल्दा युवा अलराउन्डर कुशल मल्ल बेन्चमा बसेका छन् ।

याे पनि पढ्नुस  टी–२० सिरिजः हङकङविरुद्ध नेदरल्याण्ड्सकाे उत्कृष्ट ब्याटिङ (LIVE)

लामो ‘सट’ प्रहार गर्नसक्ने मल्ललाई आज नेपालले प्लेइङ ११ मा राख्ने सम्भावना छ ।

अघिल्लो खेलमा आयरल्याण्डविरुद्ध सन्दीप जोरा सस्तैमा आउट हुँदा प्लेइङ ११ मा कुशलको सम्भावना बढेको हो ।

सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा खराब प्रदर्शन गरेका उनलाई कप्तान पारस खड्काले फेरि एकपटक परीक्षण गर्न चाहन्छन् ।

नेपालको सम्भावित प्लेइङ ११

पारस खड्का (कप्तान)
इशान पाण्डे

दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
विनोद भण्डारी (विकेटकीपर)

आरिफ शेख
करण केसी

कुशल मल्ल
सोमपाल कामी

सन्दीप लामिछाने
अभिनाश बोहरा
ललित राजवंशी

कमेन्ट गर्नुहोस्