अधिकार दिए महाअभियोगमा सहयोग गर्न तयार– डोनाल्ड ट्रम्प

 

काठमाडौं, अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले नियममा आधारित भएमा महाअभियोगमा सहभागी हुन तयार रहेका बताएका छन् ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिपे्रजेन्टेटिभकी सभामुख तथा डेमोक्रेटिक पार्टी सांसद नेन्सी पेलोसीले डोनाल्ड ट्रम्पमाथि महाअभियोग चलाउने प्रक्रिया अगाडि बढाएकी थिएन ।

महाअभियोग आरोपको बिरोध गर्दै आएका डोनाल्ड ट्रम्पलाई प्रस्तावलाई सहयोग गर्न तयार हुनुहुन्छ भनेर सोधिएको एक प्रश्नमा उनले नियमसंगत तरिकाले प्रक्रिया अगाडि बढे सहयोग गर्न तयार हुने प्रतिक्रिया दिएका हुन ।

याे पनि पढ्नुस  ट्रम्पले भारतलाई भने, ‘फोहोरी देश’

यसअघि व्हाइट हाउसका वकिल पेट सिपोलोनले सभामुख पेलोसी, हाउस इन्टेलिजेन्स कमिटिका अध्यक्ष एडम शिफ, ओभरसाइट एण्ड रिफर्म कमिटि प्रमुख एलिजा कमिंग्स र फरेन अफेयर्स कमिटीका अध्यक्ष इलियट एंगेललाई पत्र लेखेका थिए ।

पत्रमा उल्लेख छ, “तपाई सबै सम्मानित पदमा हुनुहुन्छ । तर जुन तरिकाले महाअभियोगको जाँच चलिरहेको छ, त्यसमा आधारभूत अधिकार र संवैधानिक प्रक्रियाको उल्लंघन भइरहेको छ ।”

याे पनि पढ्नुस  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया शुरु

पत्र लेखेपछि डोनाल्ड ट्रम्पले डेमोक्रेट जाँचकर्ता रिपब्लिकन पार्टीका वकिल राख्न पाउने अधिकारको हनन गरिरहेको बताएका छन् । उनीहरुले सही प्रक्रियामा ल्याउन नखोजेको र यो अहिलेसम्मको अन्यायपूर्ण स्थिति भएको उनको आरोप छ ।

नेन्सी पोलिसीले २४ सेप्टेम्बरका दिन डोनाल्ड ट्रम्पमाथि महाअभियोग अनुसन्धान गर्ने कुरा अगाडि सारेकी थिइन । एकजना सुराकीकर्ताको आरोपका आधारमा महाअभियोग जाँच अघि बढेको थियो । डोनाल्ड ट्रम्पमाथि युक्रेनका राष्ट्रपति वोलोडाइमर जेलेस्कीसँग अमेरिकी डेमोक्रेट नेता बिडेन र उनका छोरा हन्टरमाथि कार्वाही गर्न दबाब दिएको आरोप छ ।

याे पनि पढ्नुस  ट्रम्पलाई ठूलो झड्का, सुरक्षा समूहबाट अचानक निकी हेलीले दिइन् राजीनामा

आरोपपछि डोनाल्ड ट्रम्पले फोन वार्ताको उतार नै सार्वजनिक गरेका थिए ।

कमेन्ट गर्नुहोस्