Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्वकप छनोटः नेपालविरुद्ध अष्ट्रेलियाको पहिलो गोल (LIVE)

काठमाडौंः विश्वकप छनोट अन्तर्गत नेपालविरुद्ध अष्ट्रेलियाले पहिलो हाफको ५ मिनेटमै गोल गरेको छ । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजनमा पनि हेर्न पाइनेछ ।

नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजन अन्तर्गतको एनटीभी प्लसमा हेर्न सकिने छ ।

विमलको ठाँउमा प्रशिक्षक योहिन कालिनले अभिषेक रिजाललाई मौका दिएका छन् । मिडफिल्डमा विक्रमको ठाँउमा विशाल राईले मौका पाएका छन् । त्यसबाहेकका ९ खेलाडी अघिल्लो महिना चाइनिज ताइपेविरुद्ध सुरु गर्ने खेलाडी नै छन् ।

गत महिना नेपाली टोली पहिलो खेलमै ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा भने चाइनिज ताइपेलाई २–० ले हराउँदै छनोटमा नेपालले पहिलो जित दर्ता गरेको थियो । अष्ट्रेलियाले भने पहिलो खेलमा कुवेतलाई ३–० ले हराएको थियो ।

नेपाली टोलीको पहिलो रोजाई
गोलकिपर–किरण चेम्जोङ (कप्तान)

फिडेन्स– रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ
मिडफिल्ड–रवि पासवान, विशाल राई, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट
फरवार्ड–अभिषेक रिजाल

कमेन्ट गर्नुहोस्

%d bloggers like this: