Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पहिलो हाफसम्म नेपालको शून्य गोल, अष्ट्रेलिया ३ ले अगाडि

सिडनी, अष्ट्रेलियामा भइरहेको विश्वकप छनौट खेलमा अष्ट्रेलियाको फुटबल टोली आक्रामक देखिएको छ ।

नेपाली टोलीले सम्हालिन नपाउँदै अष्ट्रेलियाले शुरुको छैंठँो मिनेटमा नै गोल हानेपछि नेपाली टोली दबाबमा आएको हो ।

पहिलो हाफसम्म नेपालले एक गोल पनि बनाउन सकेन ।

अष्ट्रेलियाले भने १९ औं र २४ औं मिनेटमा दोश्रो र तेश्रो गोल बनाएको थियो ।

त्यसपछि ४४ औं मिनेटमा गोल भनिएपनि त्यो मानिएन ।

अष्ट्रेलियाका युवा खेडाी ह्यारीले तेश्रो गोल गरेका थिए । यसअघिका नेपालविरुद्ध दुबै गोल अष्ट्रेलियाका खेलाडी म्याक्लारेनले गरेका थिए ।

पहिलो गोल खेलको छैठौं मिनेटमा भएको थियो भने दोश्रो गोल १९ मिनेटमा भएको हो ।

अष्ट्रेलियाले कर्नर पाएको थियो । मेलबर्न सिटीका स्ट्राइकर म्याक्लारेनले हेडले गोल गरेका थिए ।

Photo: Guardian

कमेन्ट गर्नुहोस्

%d bloggers like this: