Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ओमानविरुद्ध नेपालको खराब सुरुवात, पहिलो ओभरमै विकेट पतन

काठमाडौंः पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले पहिलो ओभरमै विकेट गुमाएको हो ।

नेपालले पहिलो विकेटकारुपमा इशान पाण्डेलाई २ रनमा गुमाएको हो । उनी पहिलो ओभरको अन्तिम बलमा क्याच आउट हुन पुगे ।

नेपालले सुरुवाती २ खेलमा जित हासिल गरे पनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग १३ रनले हार बेहोरेको थियो ।

लिग चरणको सुरुवाती दुई खेलमा भने नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।

सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व नेपाल अप्रत्यासीत जित निकाल्न चाहन्छ । यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्ने लक्ष्यमा छ ।

जारी सिरिजमा ओमानले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराइसकेको छ । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: