ओमानविरुद्ध नेपालको प्रदर्शनः ५ ओभरमा ५ विकेट पतन ! (LIVE)

काठमाडौंः पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले ५ ओभर नसकिँदै महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ । नेपालले पाँचौ विकेटका रुपमा सन्दीप जोरालाई शून्य रनमा गुमाएको हो ।

याे पनि पढ्नुस  ओमानविरुद्ध संकटमा नेपाल, ६ ओभर सकिँदा ६ विकेट गुम्यो !

यसअघि विनोद भण्डारी ४, इशान पाण्डे २, कप्तान पारस खड्का ५ र दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभरमा ५ विकेट गुमाएर ४४ रन बनाएको छ ।

नेपालले सुरुवाती २ खेलमा जित हासिल गरे पनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग १३ रनले हार बेहोरेको थियो ।

याे पनि पढ्नुस  एसिया कप छनोट : नेपाल भर्सेस ओमान, नेपाल ब्याटिङ गर्दै [LIVE]

लिग चरणको सुरुवाती दुई खेलमा भने नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।

सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व नेपाल अप्रत्यासीत जित निकाल्न चाहन्छ । यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्ने लक्ष्यमा छ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः ओमानविरुद्ध सस्तैमा गुम्यो नेपालको २ विकेट (LIVE)

जारी सिरिजमा ओमानले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराइसकेको छ । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्