Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ओमानलाई लगातार झड्का, करनलाई दोस्रो सफलता (LIVE)

काठमाडौंः पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले दिएको ६५ रनको समान्य लक्ष्य पछ्याउने क्रममा ओमानले सस्तैमा ४ विकेट गुमाएको छ ।

ओमानले चौथो विकेटकारुपमा ७.३ ओभरमा नशीमखुसीलाई १ रनमा गुमाएको हो । उनलाई करण केसीले सन्दीप जोराको हातबाट आउट गराए ।

यसअघि करणले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । यो समाचार तयार पार्दासम्म ओमानले ८ ओभरमा ४ विकेट गुमाएर २८ रन बनाएको छ ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले ११ ओभरमा ६४ रन बनाएर अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले २० र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा ओमानका अमिर कलीमले ५, बिलाल खानले २ विकेट लिए ।

नेपालले सुरुवाती २ खेलमा जित हासिल गरे पनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग १३ रनले हार बेहोरेको थियो ।

लिग चरणको सुरुवाती दुई खेलमा भने नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।

सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व नेपाल अप्रत्यासीत जित निकाल्न चाहन्छ । यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्ने लक्ष्यमा छ ।

जारी सिरिजमा ओमानले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराइसकेको छ । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: