कस्मेटिक काठमाडौं होइन, लिपुलेकको एजेण्डा उठाऊ– गोपाल किँराती

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले चीन भ्रमणका अवसरमा लिपुलेकमा मिचिएको सीमा फिर्ताका लागि पहल गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष गोपाल किँरातीले आज एक विज्ञप्ती जारी गर्दै चीनका राष्ट्रपतिको भ्रमणका अवसरमा लिपुलेकको एजेण्डा उठाउन माग गरेका हुन ।

विज्ञप्तीमा महरा प्रकरणमा समेत अमेरिकी र त्यसका समर्थकहरुको षडयन्त्र हुनसक्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ नेपालमा टेकेर चीन हान्ने इन्डो प्यासिफिक रणनीति र त्यस रणनीतिमा खड्ग ओली सरकारको असंवैधानिक संलग्नताले मुख्यतः गणतन्त्र नेपाललाई साम्राज्यवादी युद्वको दुश्चक्रमा फसाउने खेल भइरहेको परिस्थितिमा नेपाली सार्वभौमसत्ताको सम्मान गर्दै आएको छिमेकी राष्ट्र प्रमुखको भ्रमणले नेपालको राष्ट्रिय हित सन्तुलनमा निश्चय नै विशिष्ट महत्त्व राख्दछ । अतः राष्ट्रपति सीको भ्रमणक्रममा कस्मेटिक काठमाडौं होइन, राष्ट्रिय प्रतिष्ठा कायम हुनेगरी सुरक्षा व्यवस्था र लिपु लेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न हाम्रो पार्टी सरकारसँग गम्भीर माग गर्दछ ।’

याे पनि पढ्नुस  माओवादी केन्द्र पुनर्गठनमा साथ दिन गोपाल किरातीको अपिल

अध्यक्ष गोपाल किराँतीले सभामुख कृष्णबहारदुर महराको घटनामा आधा स्वयम्को कमजोरी र आधा षडयन्त्र भन्ने सूचनाहरु प्राप्त भएको उल्लेख गरेका छन् ।

‘क्रान्तिकारी माओवाद छाडेर अभिजातवर्गीय संसदवादमा भाँसिएका प्रचण्डहरुलाई क्रान्तिकारी देख्नेहरु तथा गुटजन्य अन्तरर्घातको परिणामस्वरुप त्यो घटना घट्न पुगेको हुन सक्छ,’ पार्टीले भनेको छ, ‘इन्डो प्यासिफिक रणनीतिमा संलग्नताको मूल्य ५०० मिलियन अमेरिकी डलर संसदबाट अस्वीकृत गरे वापत रोशनी शाहीसँगको अनैतिक सम्बन्धको भ¥याङ चडेर प्रधानमन्त्री केपी ओली तथा पूर्व सभामुख सुवास नेम्वाङले महरालाई धरापमा पारेका हुन्, भनिन्छ ।’  विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समय क्रमशः सभामुख रहेका सुवास नेम्वाङ र ओनसरी घर्ती नै संसद सचिवालयको कर्मचारीबारे जानकार तथा दुरुपयोगकर्ता हुन सक्ने विश्लेषणहरु छन् । यस सम्बन्धमा हाम्रो पार्टी बृहत जनस्तरीय छानबिनको माग गर्दछ ।’

याे पनि पढ्नुस  शी भ्रमणको बेला हुने भएन सुपुर्दगी सन्धीमा हस्ताक्षर

देशको पक्षमा उभिएको हो भने त्यस सन्र्दभमा महराको सम्मान र एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो महिलासंग अनैतिक सम्बन्ध गरेकोमा सजाय हुनु पर्ने बताउँदै पार्टीले पीडित भएको सन्र्दभमा रोशनी शाहीले न्याय पाउनु पर्छ ।

‘तर राष्ट्रसेवक कर्मचारी भएर एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो पुरुषसंग अनैतिक सम्बन्ध गरेकोमा श्री शाहीलाई सजाय तथा देशी विदेशी दलालको मतियार बनेकी हुन् भने स्वतन्त्र छानबिन र भण्डाफोर गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढ्नुस  पार्टीबाट निष्कासित भएपछि गोपाल किरातीले भने : ‘प्रचण्ड कम्पनीलाई धन्यवाद'

 

कमेन्ट गर्नुहोस्