Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० सिरिजः अन्तिम खेलमा ओमानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौंः पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा ओमानविरुद्ध नेपाल ६ विकेटले पराजित भएको छ । नेपालले दिएको ६५ रनको समान्य लक्ष्य ११.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि लागि सुरज कुमारले नटआउट ४२ रन बनाए । ओमानका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा करण केसीले २, सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल ११ ओभरमा ६४ रन बनाएर अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले २० र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा ओमानका अमिर कलीमले ५, बिलाल खानले २ विकेट लिए ।

नेपालले सुरुवाती २ खेलमा जित हासिल गरे पनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग १३ रनले हार बेहोरेको थियो ।

लिग चरणको सुरुवाती दुई खेलमा भने नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: