मलेशियाको जेलमा रहेका एक नेपालीलाई ११ बर्षको कैद सजाय माफ

मलेशिया,असोज २३।मलेशियाको मलाका राज्य स्थित उडाङ्ग जेलमा एक नेपालीको ११ बर्षको कैद सजाय माफ भएको छ ।

सन् २०१२ को अगस्ट १४ मा मलेशियामा पक्राउ परेका सिरहा लहानका सुभेकलाल चौधरीलाई दूतावासको पहलमा मलाका राज्यको माफी बोर्डले सजाय माफि गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  मलेशियाका विभिन्न स्थानमा अध्यागमनको छापा: २८ नेपालीसहित १५६ आप्रवासी पक्राउ

मलका उच्च अदालतले सन् २०१५ को जनवरी २७ मा मलेशियन पेनल कोडको दफा ३०४ क को अभियोगमा दोषी ठहर गर्दै १५ बर्षको कैद सजाय सुनाएको भए पनि मलेशिया स्थित नेपाली दूतावासको पहलले सार्थकता पाए सङ्गै उनी सजाय मुक्त भएको दूतावास द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन मलेशियाका लगानीकर्तालाई नेपाली दूतावासको अनुरोध

४ बर्ष जेल बसेर मुक्त भएका चौधरी लाई दूतावासले हवाइ टिकट उपलब्ध गराइ बुधबार नै स्वदेश फिर्ता गरेको छ ।

कमेन्ट गर्नुहोस्