Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध छ– राष्ट्रपति भण्डारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको जनाएकी छिन् ।

नेपाल सरकारले चीन तथा चीनको कुनै पनि भुभागविरुद्ध हुने गतिविधि गर्न प्रतिबन्ध लगाएको बताउँदै राष्ट्रपति भण्डारीले नेपालले एक चीन नीतिका पक्षमा दृढतापूर्वक उभिँदै आएको बताएकी हुन ।

पिपुल्स डेलीसँग कुराकानी गर्दै राष्ट्रपति शीले नेपालले पञ्चशीलमा आधारित परराष्ट्र नीति अबलम्बन गरेको बताउँदै द्विपक्षीय सम्बन्धको आधार शान्तिपूर्ण सह अस्तित्व, भातृत्व तथा असंलग्न नीति रहँदै आएकोमा जोड दिइन ।

नेपाल र चीनले शताब्दियौंदेखि गहन सम्बन्ध कायम राखेको बताउँदै भण्डारीले औपचारिक सम्बन्ध स्थापित हुन अघि देखि नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध भएको जनाएकी हिुन । “चीन र नेपालबीच शताब्दियौंदेखि आर्थिक, सामाजिक सांस्कृतिक तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ । पिपुल्स डेलीले भण्डारीको भनाई उदृत गर्दै उल्लेख गरेको छ ।, “पछि गएर यही सम्बन्ध नै कुटनीतिक सम्बन्धको आधार बन्न पुगेको हो ।

पिपुल्स डेलीसँगको अन्तर्वार्तामा भण्डारीले चीन गणतन्त्रको ७० औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै चीनको विकासले छिमेकी देशहरुलाई समेत ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरिन । “चीनको विकासले विश्वका सबै देशहरुले समृद्धि र शान्तिप्रेमी जनतालाई ठूलो प्रेरणा दिएको छ । उनले भनिन, “चीनको यो विकासले विश्वका सबै देशहरुले लाभान्वित भएका छन् ।

चिनियाँ राष्ट्रपति शी जिनपिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) ले विश्वमा नै
महत्व राख्ने बताइन । नेपाल समेत बिआरआईको एउटा साझेदार भएको अवस्थामा यसले दुबै देशको बीचमा कनेक्टिभिटीमा बृद्धि गुर्नका साथै अन्र्तदेशीय सांस्कृतिक तथा जनस्तरको सम्बन्ध समेत प्रगाढ हुने बताईन ।

बिआरआईले बिभिन्न देश र जनताका बीच आर्थिक सम्बन्ध समेत मजबूत हुने उनको विश्वास थियो । “यो पहलबाट हामी नेपाल र नेपाली जनता लाभान्वित हुने विश्वास छ । उनले भनिन, “यसको पूर्ण कार्यान्वयनसँगै अरु छिमेकीहरु पनि लाभान्वित हुनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: