Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विप्लव नेकपाका सिन्धुली इन्चार्ज पक्राउ

सिन्धुली– नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज बर्तबहादुर राई (शशी) लाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुलीको हरिहरपुरगढी–२ बफरस्थित आफ्नै घरबाट उनलाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय कपिलाकोट लगाएतका चौकीका प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताए।

बिहीबार बिहान पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटमा केही समय राखी अहिले जिल्ला ल्याउँदै गरेको प्रहरी उपरीक्षक सिंहले बताए।

प्रहरीले राईलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन। राईलाई जिल्लामा ल्याएपछि मात्रै पक्राउ गर्नुको कारण खुलाइने प्रहरी उपरीक्षक सिंहको भनाइ छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: