Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भालु नमारेको भन्दै प्रहरीमाथि ढुंगामुडा

जुम्लाः जुम्लाकाे गुठीचौर गाउँपालिका–४ झारज्वालामा भालुको आक्रमणबाट ५ जना घाइते भएका छन्।

जंगली भालुले आक्रमाण गर्दा स्थानीय ३८ वर्षीय खगेन्द्र अधिकारी, २४ वर्षीया वसन्ती भण्डारी, मानबहादुर भण्डारी, इश्वर बुढा र कालु परियार घाइते भएका हुन्।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यहाँ बुधबार दिउँसोदेखि नै भालुले गाउँलेलाई सताएको थियो।

यता, प्रहरीले भालुलाई गोली हानी नमारेको भन्दै स्थानीयले गुठीचौरमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका छन।

५ जना प्रहरी कार्यारत रहेको चौकीमा स्थानीयले आक्रमाण गरेपछि हवाइ फायर गरी स्थिति नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।

उनका अनुसार भालु नियन्त्रण गर्न टोली पुगेपछि स्थानीयले भालुलाई मार्नु पर्ने भन्दै ढुंगामुडा गर्दा स्थिति तनावग्रस्त भएको थिए।

आक्रोशित स्थानीयले ढुंगामुढा गरी सुरक्षाकर्मीको भ्यानमा समेत क्षति पुर्‍याएका छन्। स्थानीयको ढंगामुडाबाट एक प्रहरी हवलदार गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: