युएईमा पनि मनाइयो दसैं (फोटो फिचर )

युएई,असोज २४ ।नेपाल सेफ सोसाइटी *NCS* युएईको अायाेजनामा विजय दशमी विशेष टिका ग्रहण शुभकामना अादान प्रदान तथा वनभाेज कार्यक्रम सहित खेदकुदक साथसाथै साँस्कृतिक कार्यक्रम दुबईकाे अल्जाफलिया पार्कमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा गैर अावासीय नेपाली संघ NRNA युएईका उपाध्यक्ष निरन्जन सिलवाल प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरुमा साहित्यकार,कलाकार तथा संचारकर्मी विरेन्द्र दंगाल-संगीत सहयात्री त्यसैगरी विगत ९ वर्षदेखि युएईलाई कर्म थलो बनाई नेपाली समाजलाई विभिन्न रुपमा सहयोग पुराउने समाजसेवी सीता चौलागाईंकाे उपस्थिति रहेकाे उक्त कार्यक्रमकाे सभापतित्व NCS युएईका अध्यक्ष श्याम अमागाइले गरेका थिए ।

याे पनि पढ्नुस  युएईमा सप्पन्न दोश्रो एनएसजी फुटबल कपको उपाधि जनसंपर्क समितिलाई

नेपाल सेफ साेसाइटी युएईका महासचिव अरुण अधिकारीले सञ्चालन गरेको अाैपचारिक कार्यक्रममा उपस्थित सबैजना गाेलाे घेरामा उभिएर राष्ट्रिय गीत गाएर कार्यक्रमकाे उद्घाटन गरिएको थियाे । दिप प्रज्वलन सहित सुरु भएकाे टीका ग्रहण कार्यक्रममा NCS UAE अध्यक्ष श्याम अमागाइ र समाजसेवी सीता चाैलागाईले उपस्थित सबैलाई टीका लगाई अाशिर्वाद दिएका थिए ।

याे पनि पढ्नुस  युएईमा एक नेपाली महिलाद्वारा मदिरा सेवन गरि आफ्नै सहकर्मीको हत्या, ३ जना घाइते

विरेन्द्र दंगाल-संगीत सहयात्रीले मुक्तक वाचन गर्दै सञ्चालन गर्नुभएकाे म्युजिक बलमा दिपक ढकाल प्रथम भई अाइरन पुरस्कार जित्न सफल भएका छन । त्यसैगरी लक्की ड्र अन्तर्गत चेत प्रसाद अाचार्य दाेस्राे भई जुस मिक्चर प्राप्त गरेका थिए भने लक्की ड्रबाटै विकास रसाइली प्रथम भई माइक्रो वभन प्राप्त गरेका थिए ।

युएईलाई कर्मथलाे बनाएर बसाेबास गर्ने सम्पूर्ण नेपालीहरुप्रति लक्षित उक्त कार्यक्रमले केही हदसम्म जन्म भुमिकाे संस्कृतिलाई जाेगाई राख्न थाेरै भएपनि टेवा पुगाेस् र सधैंकाे कार्य व्यस्तताबाट अाफ्ना पिर व्यथालाई केही हदसम्म भुलि रमाउन सकियोस् भनेर कार्यक्रम अायाेजना गरिएको नेपाल सेफ साेसाइटी युएईले उपस्थित सबैलाई अाभार व्यक्त गरेकाे छ ।

याे पनि पढ्नुस  बिश्वकर्मा समाज नेपाल युएईको तेश्रो बार्षिकोत्स सम्पन्न

कार्यक्रममा उपस्थित सबैले नेपाली रेष्टुरेन्ट बरदुबईले उपलब्ध गराएकाे नेपालि खानाका परिकारहरुकाे स्वाद लिएका थिए ।

कमेन्ट गर्नुहोस्