Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘समाजवादी र राजपाबीच एकतामा जोड दिनुपर्छ’

सप्तरी– समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा०बीच एकीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

सप्तरीको राजविराजमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले यी दुई पार्टीबीचको एकीकरण गर्नु बाहेक विकल्प नभएको बताए ।

राजनीतिक विकल्पको रुपमा अब समाजवादी पार्टीमात्रै रहेको दाबी गर्दै उनले राजनीतिक विकल्पको रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि समयमै विचार पुर्याउन राजपालाई आह्वान गरे ।

संविधान संशोधन गरेर मुलुकलाई निकास दिने जिम्मेवारी वर्तमान सरकारको रहेकोले संशोधनको विषयलाई गम्भीरतापूर्वक लिनसमेत उनले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: