सीपीएल सेमिफाइनलः बार्बाडोसद्वारा पोलार्डको टिमलाई १६१ रनको लक्ष्य

काठमाडौंः वेष्ट इन्डिजमा जारी क्यारेबिनय प्रिमियर लिग (सीपीएल) को दोस्रो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध बार्बाडोस ट्राइडर्सले ट्रिनबागो नाइट राइडर्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको ट्राइडर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो ।

याे पनि पढ्नुस  सीपीएलः पोलार्डको टिमविरुद्ध वारियर्स ७ विकेटले विजयी

उसका लागि जोनसन चाल्र्सले ३५, साई होपले २३, शाकिव अल हसनले १८, एलेक्स हेल्स, जेपी डुमिनी (रिटायर्ड हर्ट)ले १०–१० रन बनाए ।

यस्तै रमेन रिफर र एश्ले नर्सले नटआउट २४–२४ रन बनाए ।

बलिङमा नाइट राइडर्सका अलि खान, क्रिस जोर्डन, खरी पिर्रेले समान २ विकेट लिए । आजको विजेताले फाइनलमा गयाना अमेजन वारियर्सविरुद्ध खेल्ने छ ।

याे पनि पढ्नुस  सीपीएलमा सन्दीपले यसरी लिए २ विकेट [भिडियोसहित]

सिंगापुरमा भएको नेपालसहितको त्रिकोणात्मक सिरिजका कारण सन्दीपले भने सीपीएलको सेमिफाइनल खेल्न पाएनन् । उनले जारी सिरिजनमा ६ खेलमा ८ विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्